भारतीय अर्थ राज्यमन्त्री चितवनमा

काठमाडौं । भारतीय अर्थ राज्यमन्त्री पंकज चौधरी आज स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आएका छन् । स्थलमार्ग हुँदै आउने क्रममा राजधानी काठमाडौं पुग्नुअघि उनले गोरखास्थित मनकामना मन्दिरको दर्शन गर्ने बताइएको छ ।
आज उनी भारतबाट सोझै चितवन आएर बास बसेका छन् । चौधरी भोलि बिहान भरतपुरबाट चितवनको कुरिनटार आइ केबलकार चढेर मनकामना मन्दिर जाने कार्यक्रम रहेको स्रोतले बताएको छ ।
मनकामना दर्शनपछि राज्यमन्त्री चौधरी अपरान्ह राजधानी काठमाडौं पुग्नेछन् । त्यसपछिको कार्यक्रम र भेटघाटबारे अहिलेसम्म भारतीय दुतावास र परराष्ट्र मन्त्रालयले केही बताएको छैन ।
वि.सं.२०७८ असोज ३० १८:३६