काष्ठमण्डपको ९६ प्रतिशत पुन: निर्माण सम्पन्न सम्पन्न

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पुनर्निर्माण भइरहेको काष्ठमण्डपको हिजो निरीक्षण गरेकी छिन्।
पूर्ननिर्माणको ९६ प्रतिशत कार्य सम्पन्न भएको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले स्थलगत बस्तुस्थति , पुनःनिर्माणको परम्परागत शैली लगायतको बारेमा जिज्ञासा राखेकी छिन ।
काष्ठमण्डप पुनःनिर्माण समिति संयोजक तथा प्रदेश सभा सांसद राजेश शाक्यले सो अवसरमा समितिले न्युनतम रकम खर्चेर चिरकाल सम्म रहिरहने गरि बलियो निर्माण गर्न सफल भएको बारेमा जानकारी गराएका थिए।
मुख्यमन्त्री शाक्यले समुदाय आवद्व समितिले काठमाडौंलाई चिनाउने काष्ठमण्डपलाई कम समयमा लगातार पुनः निर्माण काममा खटेर सम्पन्न नजिक पुर्याएकोमा संसद शाक्य र समितिका सबै सदस्यलाई हृदयेदेखि धन्यबाद दिएकी थिइन।
उनले भनिन– ‘ आज हामी भाग्यमानी भएका छौ , हाम्रो पुर्खाले बनाएको यो इतिहासलाई पुनः ठड्याउन सकेका छौं । इतिहासले यो पुनः निर्माणलाई कहिल्यै बिर्सिने छैन।
पुनः निर्माणको दौरानका सबै सम्झनालाई वृत्तचित्रको रुपमा बनाई , फोटोहरु संकलन गरि प्रर्दशन तथा यो बिषयमा जानकारहरुका विचार भोगाई आदिलाई समेटी पुस्तक प्रकाशन गर्नु पर्छ। यसले हाम्रा सन्तति र काष्ठमण्डप बारे राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा उच्च अध्यन गर्न मद्दत पुग्ने छ। ’
अवलोकनका क्रममा मुख्यमन्त्री शाक्यले काष्ठमण्डपको तेश्रो तला सम्मै उक्लेर बिशेष अभिरुचि पुर्बक बस्तुगत निरीक्षण गरेकी थिइन।
वि.सं.२०७८ कात्तिक १ ०७:५७