नेपाल सुन चाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनको निधन
काठमाडौं । नेपाल सुन चाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनको ५६ वर्षको उमेरमा निधन भएको छ । एक हप्ताअघि कोभिड १९ सङ्क्रमण देखिएपछि अस्पताल भर्ना हुनु भएका महर्जनको आज सोमवार ललितपुर भैँसेपाटीको मेडिसिटी अस्पतालमा निधन भएको हो ।
नेपाल श्रीलङ्का चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष महर्जन नेपाल मन्डल टेलिभिजनका अध्यक्षसमेत हुनुहुन्थ्यो । आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष महर्जन विवेकशील साझा पार्टीका नेतासमेत हुनुहुन्थ्यो ।
महर्जनका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको पार्थिव शरीरलाई भोलि मङ्गलवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
वि.सं.२०७८ कात्तिक १ १९:११




















