back
stc
prabhu insurance

विद्युत प्राधिकरण कर्मचारी संघको अध्यक्षमा जनार्दन भट्टराई निर्वाचित

काठमाडौं । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको अध्यक्षमा पुनः जनार्दन भट्टराई निर्वाचित भएका छन्। संघको गत कार्तिक ६ गते शनिबार सम्पन्न १२ औं महाधिवेशनमा भट्टराई २२४ मत ल्याइ बिजयी भएका छन्।

उनका प्रतिद्वन्दीहरुमध्ये प्रमिला ढुङ्गानाले ८०, इन्द्र प्रसाद न्यौपानेले ४५ र उमेश कुमार शाहले ३३ मत ल्याएका छन्। संघको सह अध्यक्षमा टंकप्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष (खुला) मा खिमेन्द्र बुढाथोकी, पुष्पराज भट्टराई र राजेन्द्र थापा विजयी भएका छन्।

यसैगरि वरिष्ठ उपाध्यक्षमा महिलातर्फ सुजना काफ्ले, मधेशी तर्फ नरेश कुमार चोरवार र आदिबासी जनजातितर्फ भीमप्रसाद गनगाई विजयी भएका छन्।

उपाध्यक्षमा भने नवराज कडरिया र सबिन कार्की विजयी भएका छन्। त्यस्तै महासचिवमा धिमन्तराज न्यौपाने, उपमहासचिवमा श्रीराम सापकोटा र कोषाध्यक्षमा लक्ष्मी पराजुली निर्वाचित भएका छन्।