सेयर बजारमा आशाको संकेत
काठमाडौं । नेपालको सेयर बजार नयाँ रेकर्डतर्फ अगाडि बढ्ने संकेत देखिएको छ। विगतको ३२ सय अंकको नेप्से र २२ अर्ब रुपैयाँ हाराहारीको कारोबार दैनिक कारोबार अंकको रेकर्ड तोड्दै बजार अगाडि बढदैछ।
तर आजको भोलि नै सेयर बजार धेरै बढछ भन्ने कुरा हुँदैन। हामीले हेर्दा नेप्से ३२ सय अंकमा पुग्नु ठूलो रेकर्ड जस्तो लाग्छ। अन्य देशको तुलनामा हाम्रो अंक सानै हो। भारतमा एक वर्षकै अवधिका ११ देखि १२ हजार अंकले सेयर बजार बढेको थियो।
संयुक्त राज्य अमेरिका, जापान, दक्षिण कोरिया, चीन सबै देशमा सेयर बजार बढेको छ। नेपाल धितोपत्र बोर्डले नकारात्मक नजरले हेर्दा नेपालको सेयर बजारमा समस्या आएको हो।
बोर्डले ५१ वटा कम्पनीको नाम निकाल्ने काम गर्यो। त्यही दिनबाट सेयर बजारमा नकारात्मक असरतर्फ लाग्यो। सकेसम्म सेयर बजारका लगानीकर्ताहरूले सचेत गराए। त्यसपछि बोर्ड पछि हट्यो।
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा जुन ४ करोड र १२ करोड रूपैयाँको व्यवस्था ल्यायो। सिडी रेसियो बढ्यो। यसले सेयर बजारमा असर पारेको छ। बजारले रेगुलेट गर्ने हो। पुँजी बजारको विकास, लगानीकर्ताको हक हितमा लागि काम गर्नुपर्ने निकायहरू नै नियन्त्रणमा लागेका छन।
रेगुलेटर नै बजार नियन्त्रणतिर लागेपछि वादविवादमा पर्छ । हटाइएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना पनि विवादमा परे। राष्ट्र बैंकका गर्भनर पनि वादविवादमा परे।
सेयर बजारका नियामक तथा अभिभावकहरू नै वादविवादमा पर्दा दुस्ख लागेको छ। नत्र ३२ सय क्रस भइसकेको नेप्से बजारमा एकाएक ब्रेक लागेको छ। अब अहिलेको अवस्था हेर्ने हो भने ६ सय जति घटेर अहिले बढ्ने क्रममा छ। अहिले ३ सय अंकको सुधार आइसेको छ।
तर अहिले सेयर खरिद गर्नेले १५ महिना ब्याज तिरेकै छन्। दसैँ गयो तिहार आउँदै छ। यो बीचमा ६०र६२ कम्पीनीले बोनस घोषणा गरिसकेका छन् । अझ केही कम्पनी बाँकी छन्। कमाइ राम्रै छ। बालिनाली भित्रयाउने समय पनि हो। जति नकारात्मक कुरा भए त्यति खुल्दै गयो । ४ करोड र १२ करोडको सीमा पनि मौद्रिक नीतिमा समिक्षामा सच्चिएला।
राष्ट्र बैंकले ४ करोड र १२ करोडको विषय लगानीकर्ता मात्रै नभइ कम्पनीलाई पनि गरिएको छ। सबै राष्ट्र बैंककै नियममा थियो । सिसिडी रेसियो हटाउँदा तरलता सकियो। ब्याजदर पनि बढ्यो। जसका कारण सेयर बजारमा यस्तो असर परेको छ। फेरि राष्ट्र बैंकले ब्याजदरमा अंकुश लगायो। यसले केही सहजता भएको छ।
लगानीकर्ताहरूमा अनुभव नहुँदा र बढी नयाँ लगानीकर्ता हुँदा पनि डराएका हुन। अनावश्यक डराउने,आत्तिने र मात्तिने बानी पनि राम्रो हैन। बजार हल्लाले केही हुन्न। कम्पनीको नाफाले नै लगानीकर्तालाई बोनस दिने हो। यसबाट नै फाइदा हुने हो। लगानीकर्ताले पनि कम्पनीको विगतदेखि सबै विवरण हेरेर राम्रोमा लगानी गर्ने हो। विस्तारै बजारले लय समात्दै जानेछ।
सेयर बजार अब पनि २२ अर्ब दैनिक कारोबार र ३२ सय नेप्सेको अंकभन्दा माथि जान्छ, लगानीकर्ता पनि थपिँदै जान्छन्। अंक पनि बढ्दै जान्छ। नियमहरू बनाउँदा नयाँ बाटाहरू हेरेर बनाउनु पर्छ। पुरातनवादी विचारले सेयर बजारलाई हेने हो भने फेरि दुर्घटना हुन्छ। नयाँ विचारधारले हेर्नुपर्छ।
धन कमाउनु नराम्रो होइन। कमाएर विलासी बस्तुमा खर्च भए भन्ने आधार केही छैन। सेयर बजार जब बढ्न थाल्छ नकारात्मक हल्ला फैलाउने काम नियमकहरूबाट नै हुन्छ। यो रोकिनु जरुरी छ। नेपालमा साना लगानीकर्ता रहेका छन्। जसलाई सानो हल्ला फैलाउँदा पनि आत्तिने र सेयर बिक्री गर्ने गर्दछन्। जसका कारण नेपालको सेयर धेरै तलमाथि हुने गरेको देखिन्छ ।
वि.सं.२०७८ कात्तिक १२ १६:३५




















