back
prabhu insurance
himalayanlife

बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न खोज्ने तीन महिला पक्राउ

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छ । बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ । सोही क्रममा आज मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न बार भवन भित्र प्रवेश गर्दै गरेका तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न बार भवन प्रवेश गर्दै गरेका तारा बरालसहित तीन जना महिलालाई बार कार्यालयको गेटअगाडिबाटै प्रहरीले पक्राउ गरेको हो । मुलुकको न्याय प्रणाली जोगाउनका लागि भन्दै उनीहरू तालाबन्दी गर्न पुगेका हुन् ।