back
prabhu insurance
himalayanlife

आइतबारदेखि काठमाडौँमा मेलम्चीको पानी 

काठमाडौँ ।  काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका क्रममा आधाभन्दा बढी स्थानमा पुरानो पाइप मार्फत नै वितरण गरिने भएको छ । एक हजार १० किमी लम्बाइको वितरण पाइपमध्ये आधाभन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ ।

पाइप परीक्षण हुन बाँकी ठाउँमा पुरानो पाइपबाट नै पानी वितरण गर्ने तयारी गरिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

गत असारमा बाढीका कारण पानी अवरुद्ध भएपछि पनि विभिन्न स्थानमा पाइप परीक्षण गरिएको निर्देशनालयका उपनिर्देशक चन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै ठाउँमा पानी आएपछि नै परीक्षण हुनेछ ।” वितरण पाइपको ४१० किमी नयाँ र ६०० किमी पाइप पुरानोबाट नै पानी वितरण हुनेछ ।

नयाँ पाइपबाट वितरण हुने क्षेत्रमा नक्साल, कमलपोखरी, दरबारमार्ग, नयाँ सडक, डिल्लीबजार, गौशाला, अनामनगर, तीलगङ्गा, चक्रपथ, बबरमहल, कोटेश्वर, नरेफाँट लगायतका स्थान छन् । असारदेखियता यी ठाउँमा ट्याङ्करको पानी र बाग्मतीको पानीले पाइप परीक्षण गरिएको थियो । उहाँले भन्नुभयो, “पानी काठमाडौँ नआउँदा पनि हामीले परीक्षण निरन्तर गरिरहेका थियौँ ।”

विगतमा पानी पर्याप्त नभएका कारणले परीक्षण हुन बाँकी ठाउँमा अहिले परीक्षण गरिने भएको छ । सुन्दरीजलमा आउने पानीमध्ये केही पुरानो पाइप, नयाँ पाइप र केही केही पानी परीक्षणका लागि छुट्याइने भएको छ । हाल तीन करोड ८० लाख लिटर पानी नयाँ पाइपबाट र १० करोड लिटर पानी पुरानो पाइपबाट परीक्षण गरिने उपनिर्देशक श्रेष्ठले बताउनुभयो ।

दैनिक दुई करोड लिटर पानी भने परीक्षणका लागि प्रयोग हुनेछ । उहाँले भन्नुभयो, “केयुकेएलले पानी वितरण गरिरहँदा हामी पाइप परीक्षणमा लाग्नेछौँ ।” बाँकी रहेका सबै स्थानमा पाइपको परीक्षण गर्न झण्डै एक वर्ष लाग्ने निर्देशनालयले जनाएको छ ।

यो अवधिमा निर्देशनालयले पाइपको परीक्षण गर्दै पानी वितरण गर्न सकिने भएमा नयाँमार्फत वितरण हुनेछ ।

निर्देशनालयले पानी वितरणका लागि जम्मा १० ट्याङ्की निर्माणको जिम्मेवारी लिएको थियो । तिमध्ये अहिलेसम्म नौ निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् ।

भक्तपुरको कटुञ्जेमा भने जग्गा विवादका कारण केही ढिला मात्रै सम्पन्न भएको थियो । हाल सो ट्याङ्की सम्पन्न भएर परीक्षणका क्रममा रहेको उपनिर्देशक श्रेष्ठले बताउनुभयो ।

मेलम्चीको पानी काठमाडौँवासीको घरघरमा पुर्‍याउनका लागि तीन कार्यालयको फरकफरक भूमिका रहेको छ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकस्थित आयोजनास्थलमा सुरुङ, हेडवर्कलगायतका संरचना निर्माण गरेको थियो । समितिले नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेको थियो ।

निर्देशनालयले सुन्दरीजलको प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घरघरसम्म पुगाउन आवश्यक संरचना निर्माण गरिसकेको छ । सतहत्तर किमी लम्बाइको बल्लब डिस्ट्रिब्युसन सिस्टममार्फत पानी १० ठाउँका ट्याङ्कीमा पुग्छ ।

ती ट्याङ्की मार्फत नै पानी घरघरमा पुग्नेगरी संरचना निर्माण गरिएको छ । वितरण पाइपमार्फत उपभोक्ताका घरमा पानी जानेछ ।

काठमाडौँ उपत्यकामा खानेपानीको समस्या दशकौँ पहिले सुरु भएको थियो । क्रमिकरुपमा जनसङ्ख्या बढ्दै जाँदा खानेपानीको माग बढे पनि यहाँको स्रोतले धान्न सकेन । केही दशकयता मुख्य शहरमा ट्याङ्करमार्फत नै पानीको अभाव पूर्ति हुँदै आएको थियो ।

निर्देशनालयले निर्माण गरेका ट्याङ्की काठमाडौँमा लाजिम्पाट, बाँसबारी, पानीपोखरी, बालाजु, महाँकाल, ललितपुरको खुमलटार र भक्तपुरको कटुञ्जेलगायतका स्थान रहेका छन् ।

समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७/१७ करोड गरी दैनिक जम्मा ५१ करोड लिटर उपत्यकामा ल्याउन सकिन्छ । पहिलो चरणमा आउने दैनिक आउने १७ करोड लिटर पानीको वितरणका लागि पूर्वाधार निर्माण गरिएको निर्देशनालयले जनाएको छ ।

यो पानी चक्रपथभित्र सबै ठाउँमा वितरण हुन्छ । पहिलो चरणमा नै पानी मध्यपुर, कीर्तिपुरमा समेत वितरण हुने बताइएको छ । कपनमा पनि पानी वितरणका लागि पाइप निर्माण अघि बढाइएको भए पनि पूरा सकेको छैन ।

सरकारले दुई दशक पहिले सुरु गरेको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुन बाँकी भए पनि गत वर्ष नै काठमाडौँ उपत्यकामा पानी ल्याइएको थियो । फागुनबाट पानी ल्याउन सुरु गरिएकामा असारमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो ।

अहिले पुनः पानी काठमाडौँ ल्याउन पथान्तरण गरिएको छ । आइतबारसम्म सुन्दरीजल पानी आइपुग्ने अपेक्षा गरिएको छ । नियमितरुपमा पानी उपलब्ध हुँदा यहाँको खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २२ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा आउँदो असोज २२ गते आयोजना गर्ने निर्णय गरेको हो।  साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५.५३ रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) छन्।  बोनस शेयर वितरणपछि चुक्तापुँजी ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५.७५ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव साधारण सभाले पारित गर्नेछ। बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारण सभाले अनुमोदन गर्नेछ।  साधारण सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।  साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान वा बैंकले अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।  साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।  लाभांश र साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।  असोज ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्। साधारण सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १० बजेबाट सुरु हुनेछ।