back
stc
prabhu insurance
nabil

सिभिल क्यापिटलमा निशुल्क डिम्याट खाता सेवा संचालनमा ल्याए

काठमाडौं । ग्राहकको सेवा सुविधा र आवश्यकतालाई प्राथमिकतामा राखी सिभिल क्यापिटल मार्केट लिमिटेडले निशुल्क खाता सेवा संचालनमा ल्याएको छ । यो सुविधा भने अर्को सूचना जारी नभएसम्म लागू हुने जनाएको छ ।

यस सेवा अन्तर्गत २०७९ आषाढ मसान्तसम्म नयां डिम्याट खाता रजिष्ट्रेशन, पहिलो वर्षको नविकण शुल्कमा लाग्ने १५० रुपैयाँ निःशुल्क गरिएको छ । साथै मेरो शेयर खाता खोल्दा लाग्ने ५० रुपैयाँ शुल्क भने कम्पनीले लिने डिपि विभाग प्रमुख मणीराज काफ्लेले बताए ।

त्यसै गरी पिएमएस करपोरेट एडभाइजरी सेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलेले बताए । । पिएमएस करपोरेट एडभाइजरी सेवामा २०७९ आषाढ मसान्तसम्म नयाँ कारोवार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ ।

विगत १३ बर्षदेखी सेवारत यस संस्थाले प्राथमिक शेयर निश्कासन (आइपिओ), निक्षेप सदस्य ९डिपी०, लगानी व्यवस्थापकको कार्य (पिएमएस), शेयर प्रत्याभुति र संस्थागत परामर्श सेवा लगायत पुजीँबजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

शुरुदेखि हालसम्म आइपिओ ३० वटा, आरटीएस ३५ वटा, राइट शेयर ३२ वटा, शेयर लिलामी २० वटा गरि विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गर्दै आइरहेको छ । निकट भविष्यमा नै सामुहिक लागानी कोष शुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए ।

यस संस्थाले निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया , लगानी व्यवस्थापको कार्यको सुझाव, आइपिओ परामर्श लगायतका सेवाहरु सिभिल बैंक लि।को सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने ढुङ्गेलले बताए । यो योजना यहि २०७९ साल बैशाख ११ गते आइतवारबाट लागु हुनेछ ।

संस्थाले सन्ध्याकालिन सेवाको समेत संचालन गरिरहेको छ । साथै , आगामाी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली दु्रत गतिमा आधुनिकिकरण गर्दै ग्राहकवर्गलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्नका साथै निकट भविष्यमा नै डिपी खाता अनलाइन सेवा मार्फत खोल्न सकिने सुविधा ल्याउन लागिएको प्रमुख कार्यकारी अधिकृतले बताए ।