back
stc
prabhu insurance

अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न जग्गा एकीकरण प्रणालीलाई एमालेले प्रवर्द्धन गर्ने

काठमाडौं । नेकपा एमालेले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न जग्गा एकीकरण प्रणालीलाई प्रवर्द्धन गर्ने जनाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एमालेले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा उक्त कुरा उल्लेख गरिएको छ ।

‘अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने र यसका लागि सार्वजनिक–निजी साझेदारी ढाँचा अवलम्बन गर्ने । जग्गा एकीकरण प्रणाली ९ल्याण्ड पुलिङ० लाई प्रवर्द्धन गर्ने, नयाँ आधुनिक र हरित सहरको विकासका लागि व्यवस्थित योजना तर्जुमा र कार्यान्वयन गर्ने,’ घोषणापत्रमा एमालेले भनेको छ ।

प्रत्येक नागरिकलाई सुरक्षित आवासको हक सुनिश्चित गर्दै एकीकृत वस्ती, योजनाबद्ध सहरी विकास र विकसित पालिका निर्माण गर्ने प्रतिबद्धता एमालेले गरेको छ । जोखिममुक्त आवास र वस्ती निर्माणका लागि राष्ट्रिय भवन संहिता तथा वस्ती विकास सम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

‘सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापन गर्ने । सार्वजनिक जग्गा अतिक्रमण र कब्जा गर्नेहरूमाथि कानूनी कारवाही गर्दै त्यस्ता जमिन सार्वजनिक स्वामित्वमा ल्याउने,’ घोषणापत्रमा भनिएको छ ।