back
stc
prabhu insurance

नेपालका विभिन्न भूभागमा हावाहुरीको चाप केही दिन कायम रहने अनुमान 

काठमाडौं। नेपालका विभिन्न भूभागमा हावाहुरीको चाप केही दिन कायम रहने अनुमान गरिएको छ। मनसुन भित्र्याउन सक्रिय बनेको स्थानीय वायु विकास हुने क्रम तीव्र बनेकाले यसरी वेगयुक्त हावाहुरी र मेघगर्जनसहितको चट्याङ आउने सम्भावना पनि उत्तिकै बढेको विज्ञले बताएका छन्।

शुक्रबार साँझ आएको हुरीबतासले देशभर ठूलो मानवीय र भौतिक क्षति भयो। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन भित्रिनुअघिको गतिविधिका रूपमा हावाहुरी र चट्याङयुक्त वर्षालाई लिइन्छ।

पूर्वमनसुनको समय हावाहुरी, मेघगर्जन, चट्याङ, गर्मी बढ्ने समय हो। उनका अनुसार ती साना जलवाष्पयुक्त कण भरिएका वायुका कोषहरू हावाको वहावमा एकत्रित हुँदै अघि बढ्छन्। यी कोष जति एक–अर्कासँग जोडिदै जान्छन् त्यति ठूलो आकारका बन्छन् र हावा हुरी आउने संभावना हुन्छ।