एक सातामै फेरि सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाए
काठमाडौं । एक सातामै फेरि सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । सरकारले अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढाएको हो ।
यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुनेगरी भाडा वृद्धि गरिएको जनाएको छ । विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाइएको छ ।
सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५५ भन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको छ ।
विभागका अनुसार यात्रुबाहक सवारी साधनमा २.१५ ले भाडा बढेको छ । त्यस्तै मालबाहक सवारीसाधनमा २.७५ देखि ३५ सम्म भाडा बढेको छ । लोकल (प्रदेशभित्रै चल्ने) सवारीसाधनमा भने भाडा बढाइएको छैन ।
यसअघि जेठ ४ गतेबाट लागू हुने गरी यात्रुवाहक सार्वजनिक सवारीसाधनमा ३.५५ सम्म भाडा बढेको थियो । पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडा ४.६५ र तराईमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ५.१५ ले ढुवानी भाडा वृद्धि भएको थियो ।
वि.सं.२०७९ जेठ ११ ०७:५८




















