प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । आज बिहान ११ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेस गरेको आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल आज पनि जारी रहनेछ ।
मङ्गलवारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । सांसदहरूले बजेटमाथि आ–आफ्नो धारणा राखिरहेका छन् ।
यसैबिच, राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
वि.सं.२०७९ जेठ १९ १३:२७




















