back
stc
prabhu insurance

जेठ महिनाको अन्तिम दिन सुनको भाउ तोलामा १८०० रुपैयाँले घट्यो

काठमाडौं । जेठ महिनाको अन्तिम दिन अर्थात् मंगलबार सुनको भाउ तोलामा १८०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १८०० रुपैयाँले घटेर ९७ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, सोमबार छापावाल सुन तोलाको ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, मंगलबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।