back
stc
prabhu insurance

श्री एयरलाइन्सको काठमाडौँ–जनकपुर पुनः उडान सुरु

काठमाडौँ । जनकपुर गन्तव्यमा आजदेखि दैनिक उडान सुरु गरिएको श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए ।

कोभिड–१९ महामारीका बिच पनि नियमित उडान गरिरहेको श्री एयरलाइन्सले जहाज अभावका कारण यो गन्तव्यमा उडान स्थगन गरेको थियो । उडान तालिकाअनुसार श्रीको जहाज काठमाडौँबाट दिउँसो १२ः३५ मा उड्नेछ ।

जनकपुरबाट १ः३० मा काठमाडौँ उडान भर्ने कम्पनीले जनाएको छ । श्री एयरलाइन्सले हाल पाँच जहाजमार्फत देशका आठ गन्तव्यमा उडान भर्दै आएको छ ।