back
stc
prabhu insurance

जनवादी गणतन्त्र चीनका लागि नव नियुक्त महामहिम राजदुतको स्वागत तथा बधाई 

काठमाडौं । नेपाल हस्तकला महासंघले जनवादी गण्तन्त्र चीनका लागि नवनियुक्त राजदुत विष्णु पुकार श्रेष्ठलाई आज स्वागत तथा बधाई ज्ञापन कार्यक्रम आयोजना गरियो ।
महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नव नियुक्त महामहिम राजदुतलाई महासंघमा स्वागत गर्नु हुँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरियो ।

महासंघका निवर्तमान अध्यक्ष सुरेन्द्र भाई शाक्यले पनि चीनमा रहेको नेपालको राजदुतावासमा नेपालका ४२ विधाका नेपाली हस्तकला झल्कीने वस्तुहरुको प्रदर्शनी कक्ष राख्नु पर्ने कुरामा जोड दिनु भयो ।

उपाध्यक्ष दिपेन्द्र शाक्यले छिमेकी राष्ट्र चीनमा नेपालका परम्परागत हस्तकलाका वस्तुहरुको उत्पादन तथा निर्यातको परिमाण बढाउन चीनको आधुनिक प्रविधि तथा उपकरणहरुको आवश्यकता रहेको बताउनु भयो ।

साथै स्वागत गर्ने क्रममा अध्यक्षले चीनबाट नेपाल सामान भित्रने मुख्य नाकाहरु नियमित रुपमा नखुल्दा पनि हस्तकला वस्तुको निकासी प्रभावित हुन गएको नवनियुक्त राजदूत लाई जानकारी गराइयो ।

यसको लागि चीन सरकार समक्ष आवश्यक पहल गरी दिन पनि महामहिम राजदुत समक्ष आग्रह गरियो । यसै गरी अध्यक्षले हाल अपार जनसंख्या र श्रोत साधन सम्पन्न विश्व शक्ति राष्ट्र चीन नेपाली हस्तकलाको ठूलो बजार हुँदा हुँदै पनि मुख्यतया चीन सरकारको उच्च भन्सार दर, मित्र राष्ट्र चीनको कुनै पनि बैंकको शाखा नेपालमा नभएको, चीनका विभिन्न शहरहरुमा हुने अन्तर्राष्ट्रिय व्यापार मेला तथा प्रदर्शनीहरुमा भाग लिई आर्जन गरेको विदेशी मुद्रा समेत बैकिङ्ग च्यानल मार्फत लिएर आउन समस्या भएको बताउनु भयो ।

महासंघका उपाध्यक्ष दिल्ली रत्न तुलाधरले उपयुक्त अन्तर्राष्ट्रिय भुत्तानी प्रकृया Payment Gateway नभएको हुँदा समस्या भएको नवनियुक्त राजदुत समक्ष जानकारी गराउनु भयो ।

साथै उहाँले महासंघबाट क्यालेण्डर इभेन्टको रुपमा गर्दै आएको हस्तकला व्यापार मेला यो वर्ष पनि नोभेम्बर महिनामा गर्न लागिएको र सो मेलामा राजदुतावास मार्फत चीनबाट क्रेता तथा व्यापारीहरुको सहभागिता जुटाइदिन पनि अनुरोध गरियो ।

यसैगरी महासंघका उपाध्यक्ष नविन शाक्यले चीन र नेपाल बीच विभिन्न कला, कौशल, प्रविधि आदान प्रदान गर्न ऋचबात भ्हअजबलनभ एचयनचबm अन्तर्गत अध्ययनको व्यवस्थाको लागि पहल गरिदिनको लागि पनि जोड दिनु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यले चीनमा विभिन्न हस्तकलाका वस्तुहरु निर्यात गर्दा चीन स्थित भन्सार विन्दुहरुमा सहजिकरण गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

महासंघका कार्यसमिति सदस्यहरुबाट चीनमा हुने विभिन्न व्यापार मेलाहरुमा सहभागी हुँदा आफुले भोगेको समस्याहरुलाई अवगत गराउनु हुँदै हाल चीनमा कोभिडका कारण व्यापार मेलामा सहभागी हुन पनि २१ दिन क्वारनटिमा बस्नु पर्ने बाध्यता कारण नेपाली उद्यमी व्यवासायीहरुले व्यापार मेलामा भाग लिन नसकेको गुनासो व्यक्त गर्नु भएको थियो ।

उक्त अवसरमा नव नियुक्त राजदुत  विष्णु पुकार श्रेष्ठले नेपाल सरकार, चिनिया सरकार उद्यमी व्यवसायी लगायत सबै सरोकारवालाहरुको साथ सहयोग र सहकार्य प्राप्त गरी चीनमा व्यापार सहजिकरणको लागि आफ्नो कार्यकालमा आफुले सक्रियतापूर्वक कार्य गर्ने आश्वासन दिनु भयो ।