back
stc
prabhu insurance

सानिमा बैंकको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन खुला

काठमाडौं । सानिमा बैंकले आज असार १० गते शुक्रबारदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला भएको हो ।

यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन नपरेकाले २० लाख इकाई नै सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ । सानिमाले १० वर्ष अवधिको ‘१०।२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०।२५ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्टले गरेको छ । यस ऋणपत्रमा असार १४ गतेसम्म आवेदन दिन पाइनेछ ।