back
stc
prabhu insurance

शुक्रबार सुनको भाउ ३०० रुपैयाँ घट्यो

काठमाडौं । ३०० रुपैयाँले सुनको भाउ शुक्रबार घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो ।

यता, शुक्ररबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम रहेको थियो ।