वाणिज्य विभागले भन्यो– ‘मूल्यवद्धि नियन्त्रण भन्दा बाहिर गइरहेको छ’
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बजार मूल्यवद्धि नियन्त्रण भन्दा बाहिर गइरहेको बताउनु भएको छ ।
शनिबार विभागमा पत्रकार सम्मेलन गर्दै वाणिज्य मन्त्रालयको निर्देशन अनुसार देशभर एकसाथ, एकै समय बजार अनुगमन गएिको विषयमा जानकारी दिँदै यस्तो बताउनु भएको हो ।
महानिर्देशक शर्माले देशैभर एकसाथ एकै समयमा अनुगमन गर्दा विदेशीबाट नै सामानको मूल्यवृद्धि बढेर आएको देखिएकाले बजारको मूल्यवृद्धि सरकारको नियन्त्र भन्दा बाहिर रहेको पाइएको बताउनुभयो ।
महानिर्देशक शर्माले पेट्रोलिय पदार्थको एक वर्षमा १०४ प्रतिशत मूल्यवृद्धि भएकाले वस्तुको मूल्य वृद्धि भएको बताउनुभयो ।
वि.सं.२०७९ असार १८ २०:०१




















