back
stc
prabhu insurance

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं । महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने पक्का भएको छ । बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।

साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म काठमाडौंमा हुनेछ । नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो ।

विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।