back
stc
prabhu insurance

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति शर्मा आज स्वदेश फर्किँदै

काठमाडौँ – अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार ९आज० स्वदेश फर्किने तयारी रहेको छ।

अमेरिकाको न्युर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका प्रधानसेनापति शर्मा आज स्वदेश फर्कने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ।

नेपाली सेनाका अनुसार भ्रमणको क्रममा प्रधान सेनापति शर्माले युएन मुख्यालयका उच्च पदस्थ अधिकारीसँग समेत भेट गरेका हुन्।

उनले राष्ट्र संघका सैन्य सल्लाहकार जनरल बिरामे डिओप, शान्ति मामिला विभागका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, अपरेशन सार्पोट विभागका उपमहासचिव अतुल खरे, राजनीति र शान्ति निर्माण मामिला विभागका उपमहासचिव रोजमेरी डिकार्लोसँग छुट्टाछुट्टै भेट गरेका थिए।