back
stc
prabhu insurance

प्रिजेन्टर्स एसोसिएसन अफ नेपाल संस्थाको घोषणा

काठमाडौँ । प्रिजेन्टर्स एसोसिएसन अफ नेपाल संस्थाको घोषणा गरिएको छ। आइतबार काठमाडौँस्थित सांस्कृतिक संस्थानमा पत्रकार सम्मेलन आयोजना गर्दै सो संस्थाको औपचारिक घोषणा गरिएको हो।

टेलिभिजन, रेडियो तथा स्टेजमा कार्यरत संचारकर्मीहरू समेटेर विवेक उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमित गठन गरिएको छ।

मल्भिका सुब्बा वरिष्ठ उपाध्यक्ष रहेको सो एसोसिएसनको सम्पन्न पत्रकार सम्मेलनमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई मानार्थ सदस्यको उपाधि प्रदान गरिएको थियो।

सो एसोसिएसनमा वरिष्ठ संचारकर्मीं रमा सिंह, माइकल चन्द, र कोमल वलीलाई संरक्षकको रूपमा मनोनयन गरिएको छ। यस्तै, सञ्चारकर्मी भूषण दाहाल, प्रभात रिमाल, हरिशरण लामिछानेलाई मानार्थ सदस्यका रूपमा मनोनयन गरिएको छ।

पत्रकार सम्मलेनमा बोल्दै उपप्रमुख डंगोलले आगामी दिनहरूमा महानगरपालिका तथा एसोसिएसनका बीच रचनात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाए।

प्रिजेन्टर्स एसोसिएसन अफ नेपाल संस्थाको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माल्भिका सुब्बा, उपाध्यक्षमा विवेक सिंह ठकुरी, महासचिवमा जि.पी तिमलसेना र कोषाध्यक्षमा निर्णय श्रेष्ठ रहेका छन् भने सदस्यहरूमा सुगारीका केसी, बिना श्रेष्ठ, उरुषा जोशी, अमन प्रताप अधिकारी, खुस्बु प्रधान र सुवेक्षा खड्का रहेका छन्।

संस्था घोषणाको पत्रकार सम्मेलनमा सांस्कृतिक संस्थाका जिएम अशोक प्यासी राई लगायत वरिष्ठ संचारकर्मीहरुको सहभागिता रहेको थियो।