back
stc
prabhu insurance

एनआईबिएल एसले ल्यायो २ हजारमै आजीवन डिम्याट खाता योजना

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु लागू गरेको थियो ।

उक्त योजना बैशाख १ गते देखि २०७९ साल असार १७ गते सम्म ७९ दिनको लागि लागु गरिएको थियो । सो योजना गत शुक्रबार असार १७ गते समाप्त भएको छ ।

क्यापिटलले ग्राहकवर्गहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै २००० मा आजीवन डिम्याट र मेरो शेयर नविकरण गर्ने योजनाको भने म्याद २०७९ साल असार ३२ गते सम्मलाई थप गरेको छ ।

नयाँ तथा पुराना ग्राहकहरु दुबैलाई लागु हुने यस योजनामा सहभागी भई डिम्याट र मेरो शेयर नविकरणको झन्झटबाट  आजीवन मुक्त हुने  एनआईबिएल एस क्यापिटल लिमिटेडको भनाई छ ।