साझाका विद्युतीय बस आजबाट सञ्चालनमा आउने
काठमाडौँ । साझा यातायातले पहिलो चरणमा ल्याएका विद्युतीय बस आजबाट सञ्चालनमा आउने भएका छन्। पहिलो चरणमा ल्याएका तीनवटा विद्युतीय बस आजबाट परीक्षण गरी नम्बर प्लेट र रुटसमेत निर्धारण गरी सञ्चालन हुन लागेका हुन्।
बसमा चालक र सहचालकको व्यवस्था हुनेछ। सञ्चालनमा आउन लागेको विद्युतीय बस डिजेलबाट चल्ने बसको तुलनामा सुविधासम्पन्न सम्पन्न मानिन्छ। बस वृद्ध, अशक्त र बालबालिकाका लागि उपयोगी मानिन्छ।
साझा यातायातले हाल ७१ वटा डिजेल बस सञ्चालनमा ल्याएको छ। अब बाँकी ३७ वटा बस पनि सञ्चालनमा ल्याउने साझाले जनाएको छ।
वि.सं.२०७९ असार २३ ०९:३१




















