साउन ९ गते एक्सेल डेभलपमेन्ट बैंकले सोह्रौं वार्षिक साधारण सभा
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सोह्रौं वार्षिक साधारण सभा साउन ९ गते बोलाएको छ । सभामा सेयरधनीलाई कुल ८.९५ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।
एक्सेलले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्न लागेको हो । बैंकले ९ करोड ७९ लाख २ हजार ३३१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।
सभा प्रयोजनका लागि बैंकले असार २८ गतेदेखि साउन ९ गतेसम्म बुक क्लोज गर्नेछ । यसआधारमा असार २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
साधारण सभा सिद्धार्थ होटल, विर्तामोड झापामा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा बैंकले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।
अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।
वि.सं.२०७९ असार २३ ०९:२७




















