back
stc
prabhu insurance

शिक्षा र प्रविधिमा जर्मनीले सहकार्य बढाउने

काठमाडौं ।  नेपालको शिक्षा, प्रविधि र अन्य अत्यावश्यक क्षेत्रको प्रवद्र्धनका लागि जर्मनी सरकारको सहयोग र सहकार्य वृद्धि हुने भएको छ ।

एड्भान्स्ड कलेज अफ इञ्जीनियरिङ एण्ड म्यानेजमेन्टले गोथे जेन्ट्रमसँगको सहकार्यमा बिहीबार आयोजना गरेको ‘जर्मनीबारे जानकारी’ विषयक सत्रमा नेपालस्थित जर्मनी दूतावासका कन्सुलर लउरा लगबेयरले नेपालको शिक्षा, प्रविधि तथा अन्य अत्यावश्यक क्षेत्रमा सहकार्य बढाउने उल्लेख गर्दै इञ्जीनियरिङ क्षेत्रमा शैक्षिक प्रशिक्षण प्रदान गर्ने सही मार्गमा नेपाल रहेको भन्दै खुसी व्यक्त गरे ।

“जर्मन भाषाको सिकाइका लागि ठूलो सङ्ख्यामा विद्यार्थी उत्साहपूर्ण ढङ्गले समर्पित भएकामा म कृतज्ञ छु”, लगबेयरले भने, ‘यसबाट विद्यार्थीलाई क्रमशः जर्मनीप्रति नजिक बनाउँदै अन्तर्राष्ट्रिय प्रस्तुतिमा सहभागी हुने कदमको थालनी हुनेछ ।

त्यसैले म विद्यार्थीलाई जर्मनीका इञ्जीनियरिङ कलेजसँग जोडिएर आफ्नो सिकाइको क्षितिजलाई फराकिलो बनाउन उत्प्रेरित गर्दछु ।”