back
stc
prabhu insurance

बाराही समाजको नव निर्मित भवन उदघाटन तथा ९ औं साधारण सभा सम्पन्न

ललितपुर । बाराही समाजको नव निर्मित भवनको उदघाटन तथा ९ औं साधारण सभा आज शनिवार ललितपुरको यगुंबहालमा बाराही दः गुठिका थकाली सिंह बहादुर बाराहीको प्रमुख आथित्यमा सम्पन्न भएको छ ।

 

उक्त कार्यक्रममा बाराही दः गुठी तथा बाराही समाज भवन (बाराही छेँ) को बाग्मती प्रदेशका सभासद्द्धय ज्ञानेन्द्र शाक्य तथा शोभा शाक्य र ललितपुर महानगरका उपमेयर मञ्जली शाक्य बज्राचार्यद्घारा संयुक्त रुपमा उद्घाटन भएको छ ।

समाजका अध्यक्ष पूष्प रत्न बाराहीले स्वागत मन्तब्य दिनु हुँदै आफ्नो कार्यकालमा समाजले आफ्नै भवन निर्माण सम्पन्न गरेकोमा खुशी ब्यक्त गर्दै यसरी सवैको साथ र सुभेक्ष्याले अगाडि बढ्न प्रेरणा दिने बताउनु भयो ।

कार्यक्रममा जेष्ठ नागरिक सम्मान, विभिन्न शैक्षिक तहमा उत्तिर्णहरुको सम्मान, बन्दशत्र लगायतका कार्यक्रमहरु भएको थियो । समाजका उपाध्यक्ष प्रेम कृष्ण बाराहीले धन्यबाद मन्तब्य दिंदै आगामी दिनमा पनि यस्तै हौसला समाजले पाईरहने अपेक्षा ब्यक्त गर्नुभयो ।

सो सभाले समाजको नयाँ नेतृत्व पनि चयन गरेको छ । नयाँ कार्य समितिमा अध्यक्ष प्रेम कृष्ण बाराही, उपाध्यक्ष चन्द्रमान बाराही, सचिव दिपक बाराही (अमिर), सहसचिव राधा कृष्ण बाराही, कोषाध्यक्ष उपेन्द्र , सहकोषाध्यक्ष पदमिनी , सदस्यहरुमा दिलकुमार, मोहन प्रसाद, राकेश लाल, मिनुषा, सुरेश, रविन्द्र बाराही निर्विरोध निर्वाचित भएका छन् ।

सो कार्यक्रममा बागमती प्रदेशका सभासदद्धय ज्ञानेन्द्र शाक्य, शोभा शाक्य, उपमेयर मञ्जली शाक्य बज्राचार्य, गुठी संस्थानका प्रमुख प्रशासक किरण शाक्य, ललिततपु महानगरपालिका वडा नं ८ का अध्यक्ष बाबुरत्न महर्जन, नेवा देः दबुका अध्यक्ष पवित्र बज्राचार्य, २१ जातिय समाज ललितपुरका प्रतिनिधी लगायतको उपस्थित रहेको थियो ।