back
stc
prabhu insurance

ब्याजदर बढ्ने मौद्रिक नीति आउनु पर्छ: सुनिल केसी

काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबि बैंकका सीईओ सुनिल केसीले ब्याजदर बढ्ने मौद्रिक नीति आउनु पर्ने बताएका छन् ।

आइतबार महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा सीईओ केसीले यस्तो बताएका हुन् ।

केसीले मौद्रिक नीति कसिलो र ब्याजदर माथि जाने हुनुपर्ने बताए । ‘अहिले बैंकहरुको औसत ब्याजदर ११.४७ छ, यो कोरोनाअघिको तुलनामा पनि कम हो, प्रिकोभिड तुलनामा जोखिम बढेको छ,कस्टभन्दा पनि बेसरेट कम छ ,’ उनले भने ।

यस्तै उनले जलविद्युतलाई बढी प्राथमिकता दिनु पर्ने आवश्यकता भएको बताएका छन् । केसीले हेजिङको सुविधा आवश्यक रहेको पनि बताएका छन् ।