परराष्ट्रमन्त्री खड्का र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेट
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान छाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट गर्नुभएको छ । परराष्ट्रमन्त्री खड्कालाई भेट्न छाओ मन्त्रालय पुग्नुभएको हो ।
भेटमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल हुनुका साथै द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो । यसअघि छाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको थियो ।
चाओ चार दिने भ्रमणका लागि आज आइतवार बिहान काठमाडौं आउनु भएको हो । विदेश विभाग प्रमुख लिउ जियान छा ओले राष्ट्रपति विद्यादेवी भण्डारी, अन्य दलका अध्यक्षलगायत नेतासँग भेटवार्ता गर्नुहुनेछ ।
वि.सं.२०७९ असार २६ १८:४०




















