back
prabhu insurance
himalayanlife

६ लाख घुससहित पक्राउ परेका उपसचिवको गाडीमा थप साढे १६ लाख भेटियो

काठमाडौं । सेवाग्राहीबाट काम मिलाइदिने भन्दै ६ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालय, नागरिक उड्‌डयन महाशाखाका उप(सचिव प्रमोद नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

उप(सचिव नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र, लाइसेन्स उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको टोलीले निज उप(सचिवलाई घुस लिइसकेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको आयोगले जनाएको छ ।

काठमाडौं महानगरपालिका, वडा नं. १ मनकामना मार्गस्थित होटल अरण्यको कम्पाउण्डबाट नियन्त्रणमा लिई निजले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा स्रोत नखुलेको थप १६ लाख पचास हजार रुपैयाँ गरी २२ लाख पचास हजार रुपैया बरामद भएको आयोगले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।