back
stc
prabhu insurance

हिमालयन बैंकको खुद नाफा घटे

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा १७.२२ प्रतिशत ले घटेर २ अर्ब ४८ करोडमा झरेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा यसले २ अर्ब ९९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी भने बढेको छ ।

खुद ब्याज आम्दानी ३५.२५ प्रतिशत ले बढेर ५ अर्ब १२ करोड रुपैयाँ भएको छ । बैंकको खुद ब्याज आम्दानी बढ्पनि पनि अन्य स्रोतबाट हुने सञ्चालन आम्दानी घटेकाले खुद नाफा घटेको हो । अन्य स्रोतमा सेयर कारोबार लगायतबाट हुने आम्दानी रहेका छन् ।

अघिल्लो वर्ष ४ अर्ब ३० करोड रुपैयाँ रहेको अन्य स्रोतबाट हुने सञ्चालन आम्दानी असार मसान्तसम्म आइपुग्दा ३ अर्ब ५४ करोड रुपैयाँमा सिमित भएको छ ।

यता, अघिल्लो वर्ष १४ करोड ५३ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो असार मसान्तसम्म आइपुग्दा बढेर ४१ करोड रुपैयाँमा आएको छ । यसले पनि नाफा घट्न पुगेको हो । यता बैंकका वितरणयोग्य नाफा भने २२।६६५ ले बढाउन सफल भएको छ ।

खराब कर्जा ०।४८५ बाट बढेर ०.७७ प्रतिशत भएको छ । चौथो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९२ पैसाले घटेर १९ रुपैयाँ १४ पैसा भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २८ रुपैयाँ ०६ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ५ पैसा छ ।