“नेपाल इकोनोमिक आउटलुक २०२३ एण्ड विओण्ड” सम्मेलनको आयोजना
काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल लिमिटेडले २०७९ श्रावण २९ गते काठमाडौंमा “नेपाल इकोनोमिक आउटलुक २०२३ एण्ड विओण्ड” शिर्षकमा सम्मेलनको आयोजना गरेको छ ।
सम्मेलनमा स्वदेश तथा विदेशका गरी १५ जना विशिष्ट व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुती एवं सारगर्वित मन्तव्यहरु प्रस्तुत गर्नुभयो ।
सम्मेलनमा वैंक, वित्तिय संस्था, इन्स्योरेन्स र अन्य क्षेत्रका करिव १ सय ५० सहभागीहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले कार्यक्रमको उद्घाटन गरी सम्मेलनमा सम्बोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणमा वित्तीय पहुँचको अभिवृद्धि गर्दै उत्पादनशिल क्षेत्रमा लगानी केन्द्रित गरेमा आर्थिक विकास तथा गरिवी निवारणमा विशेष सहयोग पुग्ने बताउनुभयो ।
यसै सत्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना, बंगलादेश बैंकका पूर्व गभर्नर डा. अतुर रहमान र राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले समेत सम्बोधन गर्दै कार्यक्रमको सफलताको शुभकामना दिदैँ तरलता अभाव सँगै बाह्य क्षेत्रको चापमा परेको अर्थतन्त्रको पुनरुत्थानको लागि यस्ता कार्यक्रम विशेष प्रभावकारी हुने उल्लेख गर्नुभयो ।
कार्यक्रमको दोस्रो सत्रमा बंगलादेश बैंकका पूर्व गभर्नर डा. अतुर रहमानले “ग्लोवल इकोनोमिक क्राइसिस एण्ड लिडरसिप च्यालेन्जेजः अ रेगुलेटरी प्रस्पेक्टिभ” विषयमा विशेष प्रस्तुती दिनुभयो ।
सम्मेलनको मुख्य आकर्षण रहेको सत्र बैंकिङ, इन्स्योरेन्स र इकोनोमी अन्तर्गत “म्याक्रो इकोनोमिक रिष्क एण्ड च्यालेन्जेज अफ नेप्लिज इकोनोमि” विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धनमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।
यसै सत्रमा स्टेट वैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर एवं प्रमुख अनुकोल भट्नागरले “द बैंक इन २०३०” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
त्यसैगरी माइक्रोफाइनान्स इन्टिच्युट नेटवर्क भारतका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक डा. आलोक मिश्रले लघुवित्त क्षेत्रका विषयवस्तुलाई सम्बोधन गर्दै “द प्mयुचर अफ माइक्रोफाइनान्सः प्रस्पेक्ट, च्यालेन्जेज एण्ड अपच्र्यूनिटिज्” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
विमा समितिका निर्देशक सुशिलदेव सुवेदीले इन्स्योरेन्स क्षेत्रका विषयवस्तुलाई सम्बोधन गर्दै “द इनोभेटिभ मोडल अफ इन्स्योरेन्सः प्रस्पेक्ट, च्यालेन्जेज् एण्ड अपच्र्युनिटिज” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
नेपाल बैकर्स एशोसिएसनका अध्यक्ष अनिल कुमार उपाध्याय र विफिनका प्रवन्ध निर्देशक डा. विनोद आत्रेयले समेत यस सत्रमा आप्mना धारणाहरु राख्नु भयो ।
सम्मेलनको अर्को आकर्षणको विषय रहेको इन्फ्राइष्टक्चर फाइनान्सिङ अन्तर्गत विश्वबैंकका पूर्व उपाध्यक्ष डा. विन्दुनाथ लोहनीले “इन्फ्रास्टक्चर इन्भेष्टमेन्टः ग्याप, मोडेल्स् एण्ड अपच्र्युनिटिज” विषयमा आप्mना धारणाहरु राख्नु भयो ।
त्यसैगरी “ट्रेण्ड, रिष्क एण्ड इन्फास्टक्चर इन्भेष्टमेन्ट आउटलुक इन नेपाल” विषयमा लगानी वोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले आफ्ना भनाईहरु राख्दै सहभागीहरुसँग विशेष अन्र्तक्रिया समेत गर्नुभयो ।
साथै यसै सत्रमा बैंकिङ क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल इन्फास्टक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले “वैंकर्स प्रस्पेक्टिभ इन इन्फ्रास्टक्चर फाइनान्सिङः करेन्ट स्टेन्स एण्ड प्mयूचर स्टेप्स” विषयमा आफ्नो प्रस्तुतिकरण प्रस्तुत गर्नुभयो ।
सम्मेलनको यस सत्रलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले समेत सम्बोधन गर्नुभएको थियो ।
विफिन स्थापनाको चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थाका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले सम्बोधन गर्दै कार्यक्रमको समापन गर्नुभयो ।
यस सम्मेलनको टाइटल प्रायोजनमा राष्ट्रिय वाणिज्य बैक लिमिटेड रहेको थियो भने मुख्य प्रायोजकको रुपमा भिक्टोरिया युनिभर्सिटी, मेलबर्न, अष्ट्रेलिया र भूमी डेभलपर्स नेपाल रहेका थिए ।
त्यसैगरी सम्मेलनको सहप्रायोजकहरुमा नेपाल बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, नेपाल एसविआइ बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड, एनसिसी बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड, नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साथ रहेको थियो ।
यस सम्मेलनलाई सफल बनाउन सहयोग पुर्याउने कार्यपत्र प्रस्तोता एवं विशिष्ट वक्ताहरु, प्रायोजकहरु र सहभागी मनोनयन गर्ने सम्पूर्ण बैंक तथा वित्तिय संस्थाप्रति आगामि दिनहरुमा समेत साथ र सहयोगको अपेक्षा गर्दै विशेष आभार ज्ञापन गर्दछ ।
वि.सं.२०७९ साउन २९ १९:२०




















