back
stc
prabhu insurance

आजदेखि पातलो प्लास्टिकको झोला प्रयोगमा रोक

काठमाडौं । सरकारले आज भदौ १ गतेदेखि पातलो प्लास्टिकको झोला प्रयोगमा रोक लगाएको छ । वातावरण विभागले एक सूचना प्रकाशित गरी आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयत, बिक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा रोक लगाइएको जनाएको छ ।

यस्तै, विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयात, बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।