नयाँ बसपार्कका होटल व्यवसायीको साधारण सभा सम्पन्न
काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रका होटल व्यवसायीहरुको साझा संस्था ूनेपाली होटल व्यवसायी संघूको २० औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन भदौ ४ गते शनिवार सम्पन्न भएको छ।
सभाले गणेश ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौको बसुन्धारा स्थित दियालो पार्टी प्यालेसमा सम्पन्न भएको संघको अधिवेशनले ढकालको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो ।
अधिवेशनले प्रथम उपाध्यक्षमा काजी बहादुर कटुवाल, द्धितीय उपाध्यक्षमा प्रकाश राई, महासचिवमा साम्देन लामा (दिपक), सचिवमा चन्द्र बहादुर गोदार (थापा), कोषाध्यक्षमा इन्द्र प्रसाद ढकाल र सहकोषाध्यक्षमा दुर्गा थापा र सदस्यहरुमा शेर बहादुर विष्ट, पुष्पराज तामाङ, शेर बहादुर कार्की (प्रकाश), अम्बर विकाश रिजाल, याम बहादुर राना, जयलाल श्रेष्ठ, प्रेम बहादुर सिंजाली, देवराज घिमिरे, शोभाखर न्यौपाने, लिलाबल्लभ पराजुली र भुपराज दाहाल चयन भएका छन।
नवनिर्वाचित अध्यक्ष ढकालले व्यवसायीहरुको हक, हितको रक्षाका साथै यस क्षेत्रमा रहेका समस्या समाधानमा आफु प्रतिवद्ध भएर लाग्ने बताएका छन । उनले कोभिडपछि होटल,लज व्यवसाय क्षेत्र धेरै धरासायी बनेको भन्दै व्यवसायी तथा व्यवसाय बचाउनका लागि यो कार्यसमिति दत्तचित्त भएर लाग्ने प्रतिवद्धता गरेका छन्।
सर्वसम्मत नेतृत्व चयनले व्यवसायिक एकताको सन्देश दिन सफल भएको भन्दै नवनिर्वाचित अध्यक्ष ढकालले यस कार्यसमितिले आम व्यवसायीहरुको भावना अनुसार चल्ने बताउदै यस क्षेत्रको समस्या समाधानका लागि सरोकार निकाय तथा सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन । ढकालले यसअघि दुई कार्यकाल सफलतापूर्वक महासचिवको जिम्मेवारी निभाइसकेका छन ।
२०५७ साल स्थापना भएको यस संस्थाले स्थापनाकालदेखि नै होटल र लज व्यवसायीहरुको हकहितको रक्षा तथा व्यवसायलाई मर्यादित बनाउदै यस क्षेत्रमा रहेका समस्या समाधानका लागि आफूलाई प्रतिवद्ध बनाउदै आइरहेको दाबी गरेको छ।
वि.सं.२०७९ भदौ ४ २२:३०




















