राष्ट्र बैंकले लिएको नीतिमा तत्कालै परिवर्तन हुँदैनः गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा देशको अर्थतन्त्र केही सहज बन्दै गएको बताउदै उनले बैंक तथा वित्तीय क्षेत्र, निजि क्षेत्र र वैदेशिक व्यपारमा क्रमस सहजता देखिन थालेका दाबी गरेका छन ।
गभर्नर अधिकारीले अर्थतन्त्रमा सहजता देखियो भन्दैमा मौद्रिक नीतिमाफर्त अंगिकार गरेका नीतिहरुमा कुनै परिवर्तन नआउने र नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामाथि गरेको कडाइ कायमै रहने बताउदै उनले अझै पनि जोखिम कम नभएको भन्दै राष्ट्र बैंकले अपनाएको सजगता तत्काल नहटाउने संकेत गरेका छन ।
आज शनिबार नेपाल आर्थिक पत्रकार समाज सेजनको २४औं वार्षिक साधारण सभामा बोल्दै गभर्नर अधिकारीले अझै केही महिना आयातित केही वस्तुमा गरिएको कडाइ कायम रहने बताएका छन।
अधिकारीले अझै पनि बाहय क्षेत्रमा देखिएको जोखिम कम नभएको भन्दै जोखिमको अवस्था सामान्य भएपछि मात्रै आयात पूर्णरुपले खुलाउने बताएका छन ।
उनले पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी रुपमा बढ्दा संसारभरका अर्थ मन्त्री र गभर्नर दबाबमा रहेको र नेपाल पनि यसबाट अछुतो नरहेको बताएका छन ।
इन्धनको मूल्य बृद्धिको असर नेपालमा पनि अझै केही समय यथावत रहने उनको भनाइ थियो ।
गभर्नर अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलताको समस्या आन्तरिक भन्दा बाहय कारणले बढिरहेको बताउदै उनले सुधारका लागि ठूला ऋणीहरुमा चेतना आउनुपर्ने बताएका छन ।
उनले भनेका छन( ‘मलाई तरलता हट्छ भनेर प्रश्न आइरहन्छ । यो बाहय क्षेत्रका कारणले समस्या आएको हो । आन्तरिक रुपमा भएको पैसा जसले ऋण लिएको छ उसैसँग जाम भएर बसेको छ । तरलता अभाव समाधान हुन ऋणको अवस्थामा पनि सुधार हुनुपर्छ ।’
सरकारले पूँजीगत खर्च बढाउँदा केही सहज हुने भन्दै उनले निजी क्षेत्रले ऋण तिरिदिए मात्रै तरलताको अभावमा सुधार हुँदै जाने र बैंक तथा वित्तीय संस्थाले पनि अनुशासनमा बस्नु पर्ने बताएका छन ।
गभर्नर अधिकारीले अहिले बैंक तथा वित्तीय संस्थाहरु अनुशासित नभएकाले राष्ट्र बैंकले कडाई गर्नुपरेको बताएका छन ।
वि.सं.२०७९ भदौ १८ १७:१९


















