तिब्बतमा कोभिडको प्रकोपः सुरक्षा उपकरण लगाउने प्रयास
काठमाडौं । चीनमा सुन्य–कोभिड १९ नीतिको कडाइका साथ पालना भएपनि करिव दुई वर्ष साँढे चार महिनाको अबधिमा फेरी चीनको तिब्बतमा भाइरसको प्रकोप बढेको छ।
बेइजिङले तिब्बती स्वायत्त क्षेत्रको ल्हासा र शिगात्से जस्ता ठुला सहरहरुमा कडा लकडाउन चाँडो लगाएको थियो । यसले चीनबाट नेपालमा सामान आयातमा असर पारेको छ।
दशैैं बजारका लागि ल्याइएका सामान तिब्बतमा लगाइएको लगडाउनले बाटोमा नै रोकिएको छ। यसले स्याउ जस्ता फलफुल बाटोमै सवारीसाधनमा कुहिएका छन। दशैंमा बेच्नुपर्ने कपडा,जुत्ता र अन्य सामाग्री तिहार र छठपर्वमा पनि नआउने स्थिति छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले लगाएको सुन्य– कोभिडको नीतिले ल्हासा र शिङगाच्छे दुवै क्षेत्र आर्थिक रुपमा अविकसित भएकाले आफ्नो जीविकोपार्जनका लागि काम गर्नुपर्ने मानिसहरुमा चिन्ता थपिएको छ,बिहान( बेलुका कसरी हातमुख जोडने समस्या सिर्जना गरेको बताइएको छ ।
तिब्बतको राजधानी ल्हासामा कोभिड–१९ को संक्रमण बढदै गएपछि अगष्ट ८ मा लकडाउन घोषणा गरिएको थियो। त्यो प्रारम्भिक प्रतिवन्धपछि लकडाउनका कारण तिब्बतियन नागरिक रोजगारी नपाएर प्रभावित भएका छन ।
तिब्बतका लोकप्रिय पर्यटकीय स्थलहरु जस्तै पोटाला प्यालेस, नोर्बुलिङका, सापाराङ र तिब्बतीय संग्रहालय पनि सर्वसाधारणका लागि बन्द गरिएका छन ।
कोभिड –१९ महामारीलाई नियन्त्रण गर्ने आडमा चिनियाँ अधिकारीहरुले बेइजिङमा अधिकारीहरु विरुद्धको तिब्बतियन नागरिकहरूको असहमतिलाई नियन्त्रण गर्न पहिले प्रयोग गरिएको सुरक्षा उपकरण जस्तै लगडाउन मार्फत गरेको चित्रण गरिरहेका छन ।
तिब्बती बौद्ध र मुख्यतया मुस्लिम उइघुरहरु, चीनका दुबै अल्पसंख्यक समूहहरु विरुद्ध वर्षौदेखि प्रयोग गरिएको व्यापक निगरानी उपायहरु प्रभावकारी नभएपछि चीनले कोभिड १९ बहानामा तिब्बति जनतालाई लकडाउनको बहानामा नजरबन्द राख्ने प्रयास गरेको छ।
अहिले चीनमा कोरोना महामारी बढेको छ,यसको बहानामा कडा लकडाउन गरिरहेको छ। चीनमा कोभिडमा कडा नीति छ, कुनै ठाउमा कोभिड देखिए सम्पूर्ण सहरमै कडा लगडाउन लगाउने गरेको छ।
तिब्बतमा स्वतन्त्र तिब्बतको नारा लाग्न थालेपछि अहिले कोभिडको बहानामा कडा लकडाउन गरेर नागरिकलाई घरमैनजरबन्द गराएर तिब्बतको स्वतन्त्रताको नारालाई बन्द गराउन खोजेको देखिन्छ।
यसले आम नागरिकको बिहान– बेलुकाको हातमुख जोडन समस्या परेको छ। चीनमा दैनिक ८ घन्टा काम नगरे अधिकांश जनताले खान पाउदैनन।
वि.सं.२०७९ भदौ २८ १०:२७




















