back
stc
prabhu insurance

आजदेखि एमडीएमएस कार्यान्वयनमा

काठमाडौं  । नेपाल दुरसञ्चार प्राधिकरणले आज भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गरेको छ ।

प्राधिकरणले विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित एमडीएमएस कार्यान्वयन गर्न थालेको हो । प्रधिकरणले आज एक कार्यक्रम गरेर एमडीएमएस कार्यान्वयनको सुरुवात गर्दैछ ।

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्रयाकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको लागि यो प्रणाली लागू गरिएको हो ।

यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोबाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खन्डमा नेपालमा ती मोबाइल सञ्चालन हुने छैनन् ।