back
stc
prabhu insurance

असोज ५ गतेदेखि आशा लघुवित्तले ५१ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले असोज ५ गतेदेखि ५१ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ ।

कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । प्रतिकित्ता ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ ।

यसमा ईच्छुक योग्य व्यक्तिले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम ६ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।