back
prabhu insurance
himalayanlife

नेपाल ल्यूब आयलको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल ल्यूब आयलको २५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ २२७ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ ।

यसैलाई आधार मानेर आइतबार असोज २३ गते यसको सेयर कारोबार खुल्नेछ । बिहीबारको अन्तिम कारोबार मूल्य २८४ रुपैयाँ २० पैसालाई आधार मानेर मूल्य समायोजन भएको हो ।

कम्पनीले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रयोजनका लागि आज शुक्रबार असोज १४ गते बुक क्लोज गरेको छ ।

यसर्थ, बिहीबार असोज १३ गते सम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र साधारण सभामा सहभागी हुन सक्नेछन् ।