महानगरपालिकाद्वारा ५५८ जना स्वयंसेवक मार्फत सिटामोल र जीवनजल वितरण गर्ने
काठमाडौँ । दशैं बिदामा काठमाडौँ महानगरपालिकाले स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
महानगरपालिकाका प्रमुख बालेन शाहले ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।
उनका अनुसार महानगरअन्तरगत नजिकको स्वास्थ स्वयं सेवकमार्फत सिटामोल र जीवनजल प्राप्त गर्न सकिने छ।
यस्तै, महानगरमा २४ घण्टे हटलाइन सेवा निरन्तर राख्ने व्यवस्था मिलाइएको छ भने ११८० मा फोन गरेर डेङ्गुको बारेमा पनि जानकारी लिन सकिने शाहको भनाइ छ । १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न पनि सकिनेछ ।
वि.सं.२०७९ असोज १५ २०:३६




















