back
stc
prabhu insurance

महानगरका प्रमुख उपप्रमुखबाट राष्ट्रपतिलाई कमलपोखरीमा स्वागत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले कमलपोखरीमा स्वागत गर्नुभएको छ ।

छठ पर्वका अवसरमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिन कमलपोखरीमा आउनुभएकी राष्ट्रपतिलाई उहाँहरुले स्वागत गर्नुभएको हो ।

कमलपोखरी आउनुअघि राष्ट्रपति भण्डारी गौरीघाट पुगेर त्यहाँको सजावट अवलोकन तथा छठी माताको पूजा आराधना गर्नुभएको थियो ।

काठमाडौँका गुह्येश्वरी, कमलपोखरीसहित नागपोखरी, टंकेश्वर, शंखमुल, बालाजुलगायत स्थानका रहेका जलाशयहरुमा श्रद्धालुहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभएको छ । यसरी अघ्र्य दिइने ठाउँहरुमा विशेष सजावट गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले थापाथलीस्थित बागमती नदी किनारामा पुगेर पूजा गर्नुभएको थियो ।  भोलि विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यस बर्षको छठ पर्व सकिन्छ । यस अवसरमा आज सार्वजनिक विदा दिइएको थियो । पर्वपछाडि भोलिदेखि सरकारी कार्यालयहरु खुल्दैछन् ।