back
stc
prabhu insurance

घण्टाघर मत चिन्हमा रामवीर मानन्धरलाई मत किन?

काठमाडौं । काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी दिएका रामवीर मानन्धर आफ्नो जित हुनेमा ढुक्क छन् । अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनी यसपटक स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा छन् ।

पूर्वराज्यमन्त्री समेत रहेका मानन्धर भन्छन्, यहाँका जनताको मतले जित हासिल गरेको हुँ ।’ ‘मैले यो क्षेत्रमा १८ हजारभन्दा बढी मत ल्याएर जितेको हुँ ।’

यो आफ्नो अन्तिम निर्वाचन भएको समेत उनले बताए । त्यसैले आफूले गरेका बाँकी कामहरु पूरा गर्ने सोचले यसपटक स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।, ‘यो मेरो अन्तिम निर्वाचन हो ।

उनले घण्टाघर चुनाव चिन्ह पाएका छन् । अहिले उनी काठमाडौं–७ का जनतालाई चुनाव चिन्ह ‘घण्टाघर’मा मतदान गर्न आह्वान गरेका छन् ।

‘काठमाडौं–७ को विकास र सभ्यताको संरक्षणका लागि पनि मंसिर ४ गते हुने निर्वाचनमा चुनाव चिन्ह ‘घण्टाघर’ मतदान गर्न सबैमा अनुरोद्ध गर्दछु’ मानन्धरले भने ।

मानन्धर काठमाडौं–७ का जनतामाझ लोकप्रिय छन् । सरकारमा बसेर होस् वा बाहिरी समाजमा गरेका आफ्ना कामबाट काठमाडौं–७ का जनता सन्तुष्ट रहेको उनको भनाइ छ ।

देशको संस्कार र संस्कृतिलाई व्यवस्थापन गर्नका लागि पनि आफूले स्वतन्त्र उम्मेदवारी बताउँदै उनले भने, ‘देशको राजनीतिक परिवेशलाई उजागर गर्नुपर्ने दिन आएको छ । संस्कार र संस्कृतिलाई व्यवस्थापन गर्न मेरो स्वतन्त्र उम्मेदवारी हो ।

म आत्मविश्वासका साथ भन्नसक्छु जनताले राम्रो मान्छे मन पराउँछ । जसले काम, विकास गरेको छ त्यसैलाई जिताउँछन् ।’

काठमाडौं–७ मा २०४९ सालदेखि राजनीतिमा सक्रिय मानन्धर वडा अध्यक्ष हुँदै राज्यमन्त्रीसम्म भएर विकासको काममा लाग्दै आएका हुन् । उनले भने, ‘यहाँका जनताले मेरो कामलाई हेरेर पनि मत दिनेछन् भन्नेमा म विस्वस्त छु ।

त्यहीमाथि यो मेरो अन्तिम चुनाव हो । अर्को पटक चुनाव लड्दिन । मैले थालेका अधुरा कामहरु पूरा गर्नका लागि पनि यहाँका जनताले मलाई मत दिनुपर्छ भन्ने मेरो धारणा हो ।’

घण्टाघर मत चिन्हमा नै किन ?
१. विश्वरेकर्ड राख्न सफल नेपालको एक मात्र नेता, जस्ले नेपालको संगीतलाई विश्वमा चिनाए
२. मन्त्री हुँदा पाएका सबै सुविधा एकमुष्ट फिर्ता, काठमाडौं–७ का जनताको आत्मसम्मान उच्च मात्र बनेन, जनभावनाको कदर समेत गराए
३. वडाध्यक्षदेखि सांसद र मन्त्रीहुँदा गरेका सबै कामको पारदर्शीता । सबै योजनाको पुस्तिका वितरण
४. जसले कोरोना महामारीकाबेला आफ्नै सवारीमा बिरामीको उद्दारदेखि सामूहिक खानाको प्रवन्धसम्म गराए
५. जसले कोरोना महामारीमा जनतासँग प्रत्यक्ष सम्पर्क गरि राहत र उद्दारमा दिनरात काम गरे
६. जसले काठमाडौंको विस्तारीत सहरको योजना कार्यान्वयनको तहमा पुर्याए
७. जसले बाइपास÷दगुर्नेपानीमा बर्षौंदेखिको समस्या समाधान गरि सडक फराकिलो बनाए
८. जसले काठमाडौं–७ का हरेक गाउँ बस्तीमा सडकको पहुँच पुर्याए
९. जो गुठी संरक्षण र उपत्यकाको मौलिक संस्कार र संस्कृति जगेर्ना गर्न दलको ह्विप भन्दा माथि उठे
१०. जसले स्वयंभु–नागार्जुन–इचंगु रणनीतिक सडकका लागि १४ करोडको व्यवस्थापन मिलाए
११. जसले देशभरका ढेढ एकलाख भन्दा बढी विपन्नको घरमा जस्तापाताको छानो हाल्ने प्रवन्ध मिलाए
१२. जसले काठमाडौं उपत्यकालाई सम्भयता र संस्कृतिको सहर निर्माणका लागि गुरुयोजना र कार्यान्वयनको नेतृत्व गरे
१३. जसले तिनपिप्ले–गल्छि दुई लेन सडक सडक र नयाँ सहरको कार्ययोजना ल्याए
१४. जसले उपत्यकाको फोहर व्यवस्थापनका लागि बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट निर्माणको अगुवाइ गरे
१५. जसले कलंकिदेखि चाबहिलसम्म निर्माणाधिन चक्रपथ विस्तारलाई ट्राफिक÷ मानव मैत्री बनाउन पहल
१६. जसले काठमाडौं–७ लाई देशकै नमुना निर्वाचन क्षेत्र बनाउन सहरी विकास मन्त्रालयमार्फत् विशेष पहल÷ सयौं योजना कार्यान्वयनको चरणमा ल्याए
१७. जसले बाइपास–बोहोराटार–ड्ढितालचोक सडक कालोपत्रे गर्न बजेट व्यवस्थापन मिलाए
१८. जसले काठमाडौं–७ का अधिकांश टोलमा भित्री सडकहरुको ढलानका लागि बजेट मिलाए
१९. जसले काठमाडौं–७ का अधिकांक्ष क्षेत्रमा सडक बत्तिको प्रवन्ध मिलाए
२०. जसले काठमाडौं–७ को विकासका लागि निरन्तर पहल गरे
२१. काठमाडौं–७ मा मेलम्ची खानेपानी विस्तारका लागि पहल र हरेक वडामा खानेपानीको व्यवस्थापनका लागि सहजिकरण गरे
२२. जसले शिक्षा र स्वास्थ्य क्षेत्रमा जनताको पहुँच बढाउन पहल गरे
२३. जसले संसदमा निरन्तर जनताको आवाज उठाए र जनताको आवाज सुनुवाइ नभएपछि संसदको शुन्य समय खारेजिको माग गरे

र, अब बाँकी विकासका लागि गर्न बाँकी कामका लागि अन्तिम एक पटकका लागि रामवीर मानन्धर हाम्रो मतको प्रतिक्षामा छन् । हामीले हाम्रा लागि सोच्ने बेला यही हो । मंसिर ४ मा घण्टाघरमा मतदान गरौं । हाम्रो क्षेत्रको समृद्धिको यात्रा पुरा गरौं ।
दल भन्दा माथि उठौं, क्षेत्र विकासमा जुटौं ।