back
stc
prabhu insurance

सिटी एक्सप्रेसद्वारा दोस्रो महिनाको एक तोला सुन बिजेताको नाम घोषणा

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो” योजना अन्तर्गत दोस्रोे महिनाको एक तोला सुन बिजेताको नाम घोषणा गरेको छ ।

कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा बेलायतबाट रेमिटान्स पठाउने नुना गुरुङले १ तोला सुन जित्न सफल भएकी छिन् ।

सोही योजना अन्तर्गत गत असोज १२ देखि कार्तिक १५ गतेसम्म दोस्रो चरणको अन्य पाँच जनाले साप्ताहिक उपहार १०/१० तोला चाँदी जित्न सफल भएका छन् ।

साउदी अरबबाट अजय तामाङ, कोरियाबाट रबिन्द्र मानन्धर, कुवेतबाट सुनिता दराई, ईराकबाट सुशिला तामाङ साथै कुवेतबाट रेमिटान्स पठाउने हसन मोहम्मद नाउ गरी ५ जनाले १०र१० तोला चाँदी जित्न सफल भएका हुन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने “बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो” उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ ।

कम्पनीका अनुसार यो योजना भदौ १५ गते देखि कार्तिक १५ गते सम्म चलेको हो । यो उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले अब छिट्टै ५ तोला सुन जित्ने बम्पर बिजेताको नाम पनि लक्की ड्र मार्फत घोषणा हुने जानकारी दिएको छ ।