back
prabhu insurance
himalayanlife

काठमाडौँ महानगरद्वारा खुला रुपमा फोहर जलाउन रोक

काठमाडौँ । वायु प्रदूषण बढेको भन्दै काठमाडौँ महानगरपालिकाले खुला रुपमा आगो बाल्न रोक लगाएको छ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो।

खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ ।

महानगर क्षेत्रभित्र कसैले खुला रुपमा आगो बालेमा तथा फोहर जलाएमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।