back
stc
prabhu insurance

साफ यू१५ : नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दै छ। डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपाललले आज बंगलादेशसँग खेल्न लागेको हो।

ढाकामा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ। नेपाल र बंगलादेशबीचको खेल फाइनल सरहको खेल हो। किनकि यस खेलको विजेताले उपाधि चुम्नेछ।

नेपाल आज बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ। तर, नेपाललाई बलियो बंगलादेशविरुद्ध जित निकाल्न सहज हुने छैन।

नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।​

नेपाललले बराबरी गरे उपाधि उचाल्छ। यस अघिको खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो। यस्तै नेपालले पहिलो खेलमा भुटानलाई ७–० ले हराएको थियो भने दोस्रोमा १–० ले परजित गरेको थियो।