back
stc
prabhu insurance

संगम विकास समाजमा लामिछाने

पोखरा । पोखरामा कृयाशिल सामाजिक संस्था संगम मार्ग टोल विकास संस्थाको दोस्रो अधिवेशसनले ढाकाराम लामिछानेको अध्यक्षमा १३ सदस्य कार्यसमितिको चयन गरेको छ ।

सो समितिको उपाध्यक्षमा लक्ष्मी बास्तोला, सचिवमा लक्ष्मी कुँवर, कोषाअध्यक्ष यादव श्रेष्ठ, सह , सचिव लक्ष्मी कुँवर, संस्थागत सदस्यतर्फ सराङकोट बहुउद्धेश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादर थापा रहेका छन् ।

कार्यसमिति सदस्यहरुमा सोवित पौडेल, जया बराल नवराज श्रेष्ठ, सपना कुँवर, कृष्ण कुँवर, कृष्णमाया भुजेल रहेका छन् ।

अधिवेशनको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वार्ड नं. ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले स्थानिय विकास निर्माणमा संस्थाको भुमिका महत्वपुर्ण रहेको बताए । कार्यक्रममा पोखरा महानगरपालिका प्रमुखका सचिवालय सदस्य लोकदर्शन कोइरालाले संस्थाले खाली रहेको जग्गाहरुमा पार्किगं वा तरकारी जन्य उत्पादनमा लाग्नुपर्ने बताए ।

संस्थाको पुर्व अध्यक्ष एवं निर्वाचन संयोजक रामराज लामिछाने, सदस्य चिन्तामणि बास्तोला , राम बहादुर बुढा ले नवनियुक्त कार्यसमितिलाई पदस्थापन गराएका थिए ।

संस्थाका अध्यक्ष ढाकाराम लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा सराङकोट बहुउद्धेश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर थापा, संगममार्ग महिला समुहका अधक्ष्यक्ष ईन्दिरा लामिछाने, उपाध्यक्ष लक्ष्मी बास्तोला सहसचिव लक्ष्मी कुँवर, कोषध्यक्ष निमा गुरुगं लगायतले आ आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका जेष्ठ सदस्य, सफाई अभियानकर्ता भगवती अधिकारी, टेक बहादुर थापा, संस्थागततर्फ चिन्तामणि बास्तोला र यादव श्रेष्ठलाई सम्मान गरिएको थियो ।