back
stc
prabhu insurance

रसुवागढी हाइड्रोपावर आयोजना नोक्सानमा

काठमाडौं । रसुवागढी हाइड्रोपावर चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ७८ लाख २२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको यही त्रैमासमा कम्पनी १ करोड १३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

असोजसम्ममा रसुवागढी ९६ लाख ४३ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ । गत वर्ष पनि कम्पनी ७४ लाख ३७ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको थियो । यसले गर्दा कम्पनी नोक्सानमा रहेको छ ।

हाल यसको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३० करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ०४ पैसा ऋणात्मक रहेको छ । गत वर्ष यसको प्रतिसेयर  आम्दानी ७३ पैसा ऋणात्मक रहेको थियो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ५७ रुपैयाँ छ । हाल यस कम्पनी अन्तर्गत रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा १११ मेगावाट क्षमता भएको रसुवागढी जलविद्युत आयोजनाको निर्माण कार्य भइरहेको छ । यसको ९१ प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।