चार दिने ‘फिन इलेक्ट्रो टेक’ मंसिर २२ गतेदेखि काठमाडौंमा हुँदै
काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले ‘फिन इलेक्ट्रो टेक २०२२’ आयोजना गर्ने भएको छ । महासंघले मंसिर २२ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनीहलमा उक्त टेकको आयोजना गर्न लागेको हो ।
फिन इलेक्ट्रो टेक २०२२ मा हल भित्र ४९ वटा ब्लकहरु र हल बहिर २६ वटा स्टलहरु गरि जम्मा ७५ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन् ।
जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिब्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामा वायर केबल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरु, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामाग्रीको प्रदर्शन गरिनेछ ।
संस्करणमा राठी स्विच एण्ड केबल टाइटल स्पोन्सर रहेको छ। यसै गरी प्लाटिनम स्पोन्सरमा महालक्ष्मी बायर एण्ड केवुल प्रा. लि. (महालक्ष्मी केबुल) रहेको छ भने डाइमण्ड स्पोन्सरमा मित्तल ओभरसिज प्रा. लि. (ग्रेट ह्वाइट) र उग्रतारा मल्टी सोलुसन प्रा। लि। (एच।पि।एल) रहेका छन् ।
त्यस्तै, गोल्ड स्पोन्सरमा एन. जि. इलेक्ट्रिकल्स प्रा.लि. (इलेक्ट्रा इलेक्ट्रिक), जानकी केबल इन्डस्ट्रिज प्रा. लि. (जानकी केवल), वेलकम टेक्नोल प्रा।लि। (लिशा स्विच) र ट्रान्सवेल्ड नेपाल प्रा. लि. (ट्रान्सवेल्ड ट्रान्सर्फमर) रहेका छन् ।
यसै गरी बैंकिङ्ग पार्टनरमा एनआईसी एशिया बैंक, अफिसिएल इन्सुरेन्समा सिद्धार्थ इन्स्योरेन्स लि, अफिसिएल कार्गोमा एस के बी कार्गो सर्भिसेज रहेका छन् । त्यस्तै कार्ड स्पोन्सरमा स्टारसिड टेक्नोलोजी प्रा.लि. रहेको छ ।
उक्त कार्यक्रम इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्तराष्ट्रिय स्तरको वृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण राठी स्वीच एण्ड केवलद्वारा प्रायोजित हो ।
मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलिकरण गर्दै लान उक्त इलेक्ट्रो टेक आयोजना हुन लागेको हो । त्यस्तै, ‘नेपालको समृद्धि उर्जा खपत अभिवृद्धि’को नारासाथ हुन लागेको उक्त कार्यक्रमले उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने छ ।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रबर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरु बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको रहेको छ ।
उद्योगी, व्यवसायी एवम् उद्यमीहरू माझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रमहरु प्रदर्शनी अवधि भर सञ्चालन गरिने नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौड्यालले बताए ।
फिन इलेक्ट्रो टेक प्रदर्शनी २र२ वर्षमा हुँदै आएको छ । तर, कोभिड(१९ लगायतका विभिन्न कारणले गर्दा समय प्रदर्शनी गर्न नसकेको पनि संघले बताएको छ । देशमा उत्पादन भएको जलविद्युतलाई आफैले उपयोग गर्नुपर्ने पौड्यालले जोड दिए ।
यस प्रदर्शनीको अवलोकन गर्न चाहनेहरुको लागि भोलिबाट अग्रिम बुकिङ खुल्ला हुँदै छ । महासंघका अनुसार टिकट खल्ती एकबाट काट्न सकिनेछ ।
सो एक्सपो अवलोकन गर्नको लागि एक सय रुपैयाँ शुल्क लाग्ने पनि पौड्यालले बताए । उनका अनुसार विद्यार्थीको लागि भने ५० रुपैयाँ लाग्ने छ । खल्ती एपबाट टिकट काट्दा २० रुपैयाँ क्यासब्याक आउँछ ।
महासंघले उक्त प्रदर्शनी अवधिभर ६० हजारभन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने विश्वास पनि महासंघले लिएको छ ।
‘पेट्रोलियम पदार्थको आयतलाई बिस्तारै कम गर्नु पर्छ, हामीले इन्डक्सन चुलो पनि सरकारसँग सहुलियत दरमा उपलब्ध गराउनु पर्छ, बाहिरबाट ल्याए भन्सारमा छुट, नेपालमा नै बन्ने भयो भने पनि उद्योगहरूलाई सहुलियत दिएर भए पनि यसलाई प्रमोट गर्नुपर्छ भनेर भनी रहेका छौं,’ उनले भने ।
प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रको पनि उपस्थित रहने छ । अहिले इलेक्ट्रिकल मार्केट एक खर्ब ५० अर्ब रहेको पनि पौड्यालले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा भन्सार विभाको तथ्याङ्क अनुसार एक खर्ब १३ अर्ब रुपैयाँ रहेको छ ।
वि.सं.२०७९ मंसिर १५ १६:०२




















