back
stc
prabhu insurance

चिकित्सकको लाइसेन्स परीक्षा माघको दोस्रो साता हुने

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ६४ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) को परीक्षा आगामी माघको दोस्रो साता सञ्चालन गरिने भएको छ ।

आइतबार काउन्सिलले एक सूचना जारी गर्दै माघ १२ गतेदेखि १४ गतेसम्मका लागि परीक्षा तालिका तोकेको हो ।परीक्षामा सहभागी हुन इच्छुकले आगामी २७ मङसिरदेखि २७ पुससम्म फारम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

यस्तै, पुस २८/२९ गते विलम्ब शुल्क तिरेर फारम बुझाउन सकिने समेत उल्लेख गरिएको छ । परीक्षा सञ्चालन भने इन्जिनियरिङमा अध्ययन संस्थान पुल्चोकमा हुनेछ ।