back
prabhu insurance
himalayanlife

अधिकृतसहित नगरपालिकाका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदारसँग मिलेर मापदण्ड विपरीत खोला उत्खनन गर्न सघाउने नगरपालिकाका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मावा खोलाको अवैध उत्खननमा सघाउने झापाको दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी र मोरङको मिक्लाजुङ गाउँपालिकाका सब इन्जिनियर विवेक कार्कीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरु विरुद्व साढे ३ करोड ४४ लाख ११ हजार २ सय ८८ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दर्ता भएको हो । झापा र मोरङको सीमानामा पर्ने मावा खोला उत्खननका लागि ठेक्का पाएको किशन एण्ड दृष्टी बिल्डर्स प्रालिले ठेक्का पाएको भन्दा धेरै खोला उत्खनन गर्दा पनि कर्मचारीहरूले मिलेमतोमा गुपचुप रूपमा उत्खनन गर्न दिएका अख्तियारको आरोप छ ।