पुस महिना भित्र कर बुझाए छुट
काठमाडौँ । आन्तरिक राजस्व विभागले करको दायरामा आउने उद्योगरसाझेदारी फर्मलाई कर छुटको व्यवस्था गरेको छ ।
आर्थिक ऐन, २०७९ को दफा २५ अनुसार दर्ता गरेका कुनै उद्योगरसाझेदारी फर्मलाई तीन वर्षको आय विवरण र सोमा लाग्ने कर मात्र बुझाएमा सोबापत लाग्ने शुल्क तथा ब्याज मिनाहा गर्ने भएको हो ।
दर्ता भएका व्यक्ति/उद्योगले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७५/७६, २०७६/७७,२०७७/७८ को आय विवरण र सोमा लाग्ने कर मात्र बुझाएमा सोबापत लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने कार्यालयले जनाएको छ ।
आय विवरण र कर बुझाएमा सोभन्दा अघिका आर्थिक वर्षको सम्पूर्ण कर दायित्व मिनाहा हुने भन्ने व्यवस्था रहेकाले आन्तरिक राजस्व कार्यालयमा दर्ता गरेका तर स्थायी लेखा नम्बर नलिएका व्यवसायी वा आय–आर्जनमा संलग्न अन्य व्यक्तिहरूलाई यो करको छुट सुविधा व्यवस्था गरिएको कार्यालयले जनाएको छ । छुटको सुविधा लिनका लागि पुस महिनाभित्र कर बुझाइसक्नुपर्ने कार्यालयले जनाएको छ ।
वि.सं.२०७९ पुस २४ ०८:१५



















